धरान । शनिबार मतदान भएको उपनिर्वाचनको नतिजा आउने क्रममा धरान उपमहानगरपालिकामा एक भोटको करामत देखा परेको छ ।
धरान उपमहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर बिजय जुलुस पनि हुँदै थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नु पर्यो ।
विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए । कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिए ।
वडाध्यक्षमा निर्वाचित सुवेदी २०७४ को चुनावमा वडा सदस्य निर्वाचित भएका थिए । उनी २०५४ मै वडाध्यक्ष भइसकेको तत्कालीन एमालेका पुराना नेता हुन् । एमालेबाट निर्वाचित धरान ७ का वडाध्यक्ष भुवन मोक्तानको निधनपछि उपचुनाव भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय