काठमाडौं । रणनीतिक अर्थ राख्ने महत्वपूर्ण क्षेत्रहरुमा नेकपाले उपचुनावमा हार ब्यहोरेको छ । भक्तपुरको प्रदेश सभा, चितवनको तिन ओटै वडा, दाङको घोराही नगरपालिका १६ को निर्वाचन क्षेत्रमा नेकपाले हार ब्यहोरेको छ । तर यसको अर्थ यो होइन की,– नेकपालाई चुनावमा घाटा मात्रै लाग्यो । उसले स्थानिय तहमा पहिले दाउमा लगाएका २३ ओटै वडा अध्यक्षको सिट भने सुरक्षित राखेको छ । तर पहिले जितेको कतिपय वडा गुमाएको छ, कतिपय अन्य विपक्षी काँग्रेस लगायतको क्षेत्रमा आफनो जित निकालेको छ ।
नेकपाले रणनीतिक अर्थ राख्ने उपचुनाव भएका तीन ओटै गाँउपालिकाको अध्यक्ष पद आफुले जित निकालेको छ । तर प्रदेश सभाको एक सिट गुमाएको छ भने धरानको उपमहानगरपालिका गुमाउदंछ् । राजपाले जितेको महोत्तरीको पिपरा गाँउपालिका र काँग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाँउपालिका नेकपाले जितेको छ ।
संखुवासभाको गाँउपालिका भने आफैले जितेको निर्वाचन क्षेत्रमा जित कायमै राखेको छ । तर राजनीतिमा निक्कै अर्थ राख्ने भक्तपुर प्रदेश सभा गुमाएको नेकपाले धरान उपमहानगरपालिकामा पनि नराम्रोसँग नेकपालाई धक्का लागेको छ । ०४८ सालदेखि धरान कम्युनिष्टको गढ रहदै आएको थियो । तर उक्त क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भई नसकेपनि गुमाउने अवस्थामा पुगेको छ । यो नेकपाका लागि निक्कै ठूलो धक्का हो ।
यो समाचार तयार पार्दासम्म धरान उपमहानगर पालिकामा मेयरका उम्मेदवार तिलक राईले अग्रता लिईरहेको छ । उनले २४ हजार ६५१ मत ल्याएर अग्रता लिईरहेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार १४ मत प्राप्त गरेका छन्् । अब १ र ७ वडा को मत गणना हुँदैछ ।
नेकपाले अब त्यस स्थानमा जित्ने आस मारिसकेको छ । उसले ०४८ सालदेखिका सबै स्थानिय तहमा जितेको यो क्षेत्र पहिलो पटक काँग्रेसको पोल्टामा बुझाउन लागेको छ । मिनि जनमत संग्रह्का रुपमा लिईएको यो उपचुनावमा नेकपालाई निक्कै ठूलो धक्का लागेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई
एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश