काठमाडौं । रणनीतिक अर्थ राख्ने महत्वपूर्ण क्षेत्रहरुमा नेकपाले उपचुनावमा हार ब्यहोरेको छ । भक्तपुरको प्रदेश सभा, चितवनको तिन ओटै वडा, दाङको घोराही नगरपालिका १६ को निर्वाचन क्षेत्रमा नेकपाले हार ब्यहोरेको छ । तर यसको अर्थ यो होइन की,– नेकपालाई चुनावमा घाटा मात्रै लाग्यो । उसले स्थानिय तहमा पहिले दाउमा लगाएका २३ ओटै वडा अध्यक्षको सिट भने सुरक्षित राखेको छ । तर पहिले जितेको कतिपय वडा गुमाएको छ, कतिपय अन्य विपक्षी काँग्रेस लगायतको क्षेत्रमा आफनो जित निकालेको छ ।
नेकपाले रणनीतिक अर्थ राख्ने उपचुनाव भएका तीन ओटै गाँउपालिकाको अध्यक्ष पद आफुले जित निकालेको छ । तर प्रदेश सभाको एक सिट गुमाएको छ भने धरानको उपमहानगरपालिका गुमाउदंछ् । राजपाले जितेको महोत्तरीको पिपरा गाँउपालिका र काँग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाँउपालिका नेकपाले जितेको छ ।
संखुवासभाको गाँउपालिका भने आफैले जितेको निर्वाचन क्षेत्रमा जित कायमै राखेको छ । तर राजनीतिमा निक्कै अर्थ राख्ने भक्तपुर प्रदेश सभा गुमाएको नेकपाले धरान उपमहानगरपालिकामा पनि नराम्रोसँग नेकपालाई धक्का लागेको छ । ०४८ सालदेखि धरान कम्युनिष्टको गढ रहदै आएको थियो । तर उक्त क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भई नसकेपनि गुमाउने अवस्थामा पुगेको छ । यो नेकपाका लागि निक्कै ठूलो धक्का हो ।
यो समाचार तयार पार्दासम्म धरान उपमहानगर पालिकामा मेयरका उम्मेदवार तिलक राईले अग्रता लिईरहेको छ । उनले २४ हजार ६५१ मत ल्याएर अग्रता लिईरहेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार १४ मत प्राप्त गरेका छन्् । अब १ र ७ वडा को मत गणना हुँदैछ ।
नेकपाले अब त्यस स्थानमा जित्ने आस मारिसकेको छ । उसले ०४८ सालदेखिका सबै स्थानिय तहमा जितेको यो क्षेत्र पहिलो पटक काँग्रेसको पोल्टामा बुझाउन लागेको छ । मिनि जनमत संग्रह्का रुपमा लिईएको यो उपचुनावमा नेकपालाई निक्कै ठूलो धक्का लागेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग