कास्की– २ मा विद्या भट्टराई विजयी

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १८ : ४०
कास्की– २ मा विद्या भट्टराई विजयी

काठमाडौं । कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  ८ हजार ४ सय ९ को मतले पराजित गर्दै उनी विजयी बनेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उमेद्वार खेमराज पौडेलले १५ हजार ९८६ मत प्राप्त गरेका छन् ।  
शनिबार राती १०:३० बजेदेखी सुरु हुने भनिएको मतगणना राजनैतिक दलहरुबिच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो । 

यसअघिको निर्वाचनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जित सँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ । 
विद्या भट्टराईलाई खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस