प्यूठान । शनिवार सम्पन्न भएको उपनिर्वाचनमा प्यूठान ऐरावती २ मा स्वतन्त्र उम्मेदवार भिमेश कुमार घर्ती विजयी भएका छन् ।
राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई ३ सय ५१ मतान्तरसहित हराउँदै घर्ती विजयी भएका हुन् ।
नेकपाले राजमोलाई सहयोग गर्ने गरी निर्वाचनमा जाने सहमति गरेपछि नेकपा निकट घर्तीले स्वतन्त्रबाट उमेद्वारी दिएका थिए । छडी चिन्हबाट लडेका घर्तिले ८ सय ५५ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बि.क.ले ५ सय ४ मत र कांग्रेसका भुपाल सिं जि.सी.ले ३ सय ५६ मत प्राप्त गरेका छन् ।
१ हजार ७ सय ४१ मत खसेको २ नं. वडामा २६ वटा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । ऐरावती गाउँपालिका २ का वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समितिका प्रमुख भएपछि अध्यक्ष पद खाली रहेको थियो ।
९ मतले नेकपा विजयी
ऐरावती गाउँपालिका १ दाङवाङमा नेकपाका दोर्ण प्रसाद पाण्डे विजयी भएका छन् । नेपाली काँग्रेसका उमेद्वार अमर रेश्मीलाई ९ मतले हराउँदै पाण्डे विजयी भएका हुन् ।
पाण्डेले ६ सय ९६ प्राप्त गरे भने रेश्मीले ६ सय ८७ मत पाए । त्यस्तै प्यूठान नगरपालिका २ मा नेकपाका मुक्ती पोख्रेलले विजयी भएका छन् ।
प्यूठान नगरपालिका २, ऐरावती गाउँपालिकाको १ र २ गरी तिन वडा अध्यक्षका लागि भएको उपनिर्वाचनको अन्तिम मत परिणाम आज सार्वजनिक भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय