जनकपुर । महोत्तरीको पिपरा गाउपालिकामा नेकपाले जितेको छ ।
कडा प्रतिष्पर्धाका वीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरेका छन् । त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।
यससंगै राजपा नेपालको आधार क्षेत्रको रुपमा रहेको पिपरा गाउपालिकामा पराजयसंग निकै ठुलो धक्का लागेको टिप्पणी हुन थालेको छ ।
अति नै रोमाञ्चित ढंगले सुरु भएको मतगणनाले राजपा नेपाल अघि देखिएपनि अन्ततः तेश्रो स्थानमा झरेर समाजवादी पार्टी दोश्रो स्थान प्राप्त गरी पराजित भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय