कास्कीमा नेकपाकी विद्या भट्टराईको अग्रता कायमै

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १६ : ५८
कास्कीमा नेकपाकी विद्या भट्टराईको अग्रता कायमै

कास्की । कास्की जिल्लाको क्षेत्र नम्बर २ मा सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार २० हजार ७ सय ७१ मत ल्याएर नेकपाकी विद्याले प्रतिनिधि सभा सदस्य पद उपनिर्वाचनमा अग्रता प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ५९ मत ल्याएका छन् । मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस