नजन्मिदै गर्भवती, चिकित्सक पनि आश्चर्यमा

एजेन्सी

विहीबार, १२ मंसिर २०७६, १२ : २०
नजन्मिदै गर्भवती, चिकित्सक पनि आश्चर्यमा


एजेन्सी । गर्भवती महिलाको पेट भित्र रहेको शिशु नजन्मिदै गर्भवती भएको सुन्दा जो कसैलाई पनि आश्चर्य लाग्न सक्छ । तर यो संसारमा यस्ता विचित्र किसिमका घटना सुनिन्छ, जसलाई नपत्याई सुखै पाईन्न् । प्रविधि युगको फड्कोले होला, जहां जस्तो सुकै अपत्यारिलो घटना भएपनि प्रमाणकै रुपमा तस्वीर, भिडियोले हामीलाई प्रष्टयाउन बाध्य बनाउछ् । हो, यस्तै एउटा घटना कोलम्बिया घटेर भाइरल बनेको छ । कोलम्बियाको बरानकिलाकी मोनिका वेगा एक महिलाले प्रेग्नेन्ट बेबीको जन्म दिएकी छन् । जन्मको एक दिनपछि बेबी गर्लको इमरजेन्सी सी सेक्शन गरिएको छ । यो एक रेयर मेडिकल कण्डिसनका कारण भएको चिकित्सकहरुले बताएका छन् ।

कोलम्बियाको बरानकिलाकी मोनिका वेगाले डेलिभरीपछि आफ्नो छोरीको नाम इत्जामरा राखेकी छन् । अहिले बालिकाको स्वास्थ्यमा सुधार आइरहेको छ । यि जन्मेको बच्चाकै पेट भित्र मान्छेको भ्रुण देखिएको थियो । द सनको रिपोर्टअनुसार मोनिकाको डेलिभरी पहिले नै चिकित्सकले अल्ट्रासाउण्ड गर्दा ुरेयर मेडिकल कण्डिसनुका बारेमा जानकारी पाइएको थियो ।

महिलाका दुई अम्बिलिकल कर्ड रहेका थिए । जुम्लिहा बच्चाको कर्ड नभएको जानकारी पाएपछि चिकित्सकले बालिकाको पेटमा अविकसित भ्रुण रहेको पत्ता पाए । यो रेयर मेडिकल कण्डिसनलाई परजीवी जुम्लिहाु भनिन्छ । परजीवी जुम्लिहा पुरै बिकास हुँदैनन् । जुम्लिहा बच्चा मध्ये पेटमै एउटाको बिकास नभएको अवस्थामा यस्तो खालको समस्या आउने गरेको छ ।

चिकित्सकले परजीवी जुम्लिहा बढ्न सक्ने र शिशुको अवस्थामा नकारात्मक अवस्था ल्याउन सक्ने भन्दै चिकित्सकले पहिल्यै डेलिभरी गराउन खोजेका थिए । इत्जामराको जन्म भएको २४ घन्टा भित्र नै चिकित्सकले सेक्सन सर्जरी गरे । चिकित्सकले बालिकाको पेटमा रहेको बच्चा निकाले । चिकित्सकले इत्जामराको स्वास्थ्य अहिले सुधार हुँदै गएको जनाएका छन् । बेलायती चिकित्सा विज्ञानको अध्ययन अनुसार परजीवी जुम्लिहाु पाँच लाखमा एक जनालाई हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस