ओलीका दुई सल्लाहकारका बीचमा ‘इगो’ ठाकठुक !

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापावीच तिव्र अस्वस्थ्य प्रतिस्पर्धा चल्न थालेको छ ।

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, १० : १६
ओलीका दुई सल्लाहकारका बीचमा ‘इगो’ ठाकठुक !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिरामी भई अस्पतालमा छन् । उनले आफ्नै सचिवालयका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जनसम्र्पक सल्लाहकार अच्युत काफ्ले सहित पूराना ६ सदस्यलाई मंसिर १ बाट बिदाई गरी नयाँ लाई नियुक्त गरेका थिए । त्यही क्रममा नयाँ नियुक्ति भएर आए्– प्रेस सल्लाहकार सूर्य थापा ।

थापा प्रेस सल्लाहकारका रुपमा नियुक्त भएर आएदेखि नै प्रधानमन्त्रीका दुई सल्लाहकारका बीचमा मनमुटाव बढेको सचिवालयका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा सफलखवरलाई वताए । प्रेस सल्लाहकार थापा र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका बीचमा अहिले तिव्र अवस्थ्य प्रतिस्पर्धा चलेको मात्र छैन, मनमुटाव समेत वढेको छ । एक अर्कामा उनीहरु सामान्य हार्दिकता समेत साटासाट गदैनन् । खरो स्वभावका दुवै नेता सचिवालयका अन्य नेता कार्यकर्तासँग हार्दिकता साट्न पुगेपनि एक अर्कामा भने सामान्य औपचारिकताका लागि सम्वाद गर्न पनि हिचकिचाउछन् । 

यसो हुनुको मुख्य कारण भने थापा प्रेस सल्लाहकारमा नियुक्त भईरहदा भट्टराई काठमाडौंमा थिएनन् । अमेरिका भ्रमणमा थिए । थापा प्रेस सल्लाहकारमा आउने बित्तिकै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले डा. भट्टराई बस्दै आएको कोठामा अड्डा जमाए । यस अगाडीका प्रेस सल्लाहकार अर्याललाई प्रधानमन्त्री कार्यालय भन्दा नजिकैको उर्जा मन्त्रालयको भवनको पुछारको तल्लामा कोठा मिलाईएको थियो ।

तर, थापाले कुन्दन बस्दै आएको उर्जा मन्त्रालयको कोठामा बस्न रुचाएनन । उनले प्रधानमन्त्री कार्यालयकै दोश्रो तलामा रहेको परराष्ट्र सल्लाहकार भट्टराई बसेको कोठामा अड्डा जमाए । त्यसपछि यी दुईका बीचमा अघोषित शितयुद्ध चलेको हो । हुन त यी दुई बीचको आन्तरिक संर्घष नयाँ भने होइन । नेकपा स्रोतका अनुसार, दुवैले आफुलाई बढी जानकार र ओली निकट देखाउनका लागि पनि आन्तरिक संर्घष गर्दै आएका छन् । एकले अर्काेलाई आफु जान्ने देखाउन बेलाबेला घोचपेच यस अगाडी देखि नै गर्दै आएका थिए । 
तर अहिले एउटै सचिवालयमा पुगेपछि मतमुटाव झन बढेर गएको हो ।

तत्कालिन एमालेमा हुदाँ थापा र भट्टराई दुवै पार्टी केन्द्रीय सदस्य थिए । एकले अर्काेलाई सिनियर देखाउन आन्तरिक संर्घष गर्दै आएका यी दुईका बिचमा अहिले मनमुटाव झनै बढेको छ ।  आफु विदेशमा रहेका बेला आफु बस्ने कोठामा आएर थापाले अड्डा जमाएपछि भट्टराई उनीसँग आक्रोशित थिए । त्यसयता उनीहरुका बीचमा प्रधानमन्त्रीकै सचिवालयमासँगै काम गरेपनि अघोषित शितयुद्ध चलेको देखिन्छ । ओलीलाई अस्पताल राखिदा समेत यी दुईका बीचमा त्यस्तै इगो समस्या देखिएको छ । बुधबार ओलीलाई राखिएको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा दुई नेताले देखाएको ब्यवहारले पनि सम्वन्ध समधुर नरहेको पुष्टि हुन्छ । बुधबार अस्पतालमा प्रेस सल्लाहकार थापा भन्दा मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट सल्लाहकार डा. राजन भट्टराई अगाडी नै पुगेका थिए ।

सञ्चारकर्मीहरु रिमाल र भटटराईसँग आवश्यकताका आधारमा नजिक रहेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा गरिरहेका थिए । त्यही बेला पुगेका थिए, – प्रेस सल्लाहकार थापा । परराष्ट्र सल्लाहकार डा. भट्टराईले घुमाउरो शैलीमा थापासँगको मतभेद सञ्चारकर्मीमाझ त्यही बेला फ्याट ओकले, – ‘ऊ आए ढल्किदै अब तपाईहरुका आफना मान्छे ।’ भट्टराईले त्यसो भन्दा थापा पनि नजिकै आईपुगे । रिमाल लगायत सञ्चारकर्मीसँग नजिकै आएर हात मिलाए, हार्दिकता साटासाट गरे, तर यी दुई नेताका बीच न हात मिलाउने काम भयो, न हार्दिकता नै साटासाट । यसले पनि देखाउँछ प्रधानमन्त्री ओलीका यी दुई सल्लाहकारका बीचमा सामान्य औपचारिकता समेत देखिदैन । 

प्रतिक्रिया दिनुहोस