विश्व सुन्दरीको उत्कृष्ट ४० को सूचिमा नेपालकी निकिता

विहीबार, ३० कार्तिक २०७४, १६ : ०४
विश्व सुन्दरीको उत्कृष्ट ४० को सूचिमा नेपालकी निकिता

काठमाडौं । ‘मिस वल्र्ड २०१७’ नेपालको प्रतिनिधित्व गर्ने नेपाल सुन्दरी निकिता चण्डकलाई पहिलो सफलता मिलेको छ । उनी अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरी भित्र छनौट हुन सफल भएकी हुन् ।

चीनको सन्यामा शनिबार राति आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएकी हुन् । मिस वल्र्डमा यसदेखि वर्षदेखि हेड टु हेड कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो । पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिन्छ ।
प्रतियोगीताको अन्तिम स्पर्धा आगामी शनिबार आयोजना हुनेछ । यिनै ४० प्रतिस्पर्धीर्ले र्याम्प नाप्नेछन् ।
यि नै प्रतियोगी मध्य बाट एक बिस्वसुन्दरी घोषित हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस