Safal Khabar - काङ्ग्रेस वडाध्यक्ष नेकपामा प्रवेश
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
काङ्ग्रेस वडाध्यक्ष नेकपामा प्रवेश
बुधबार, ११ मङि्सर २०७६, ११ : ००
काङ्ग्रेस वडाध्यक्ष नेकपामा प्रवेश

बैतडी । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । 

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो । उनीहरुलाई  नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गर्नुभएको थियो । चुनावीसभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस