काठमाडौं । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा बलात्कार आरोपमा पक्राउ परेका छन् । आइतबार उपचारका लागि आएकी एक विरामी महिलालाई चेकजाच गर्ने क्रममा भित्र कोठामा बोलाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।
पीडितले दिएको जाहेरीका आधारमा डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । उनका अनुसार सामान्य स्वास्थ्य जाँचका लागि आइतबार अस्पताल पुगेकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा डा. झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पक्राउ परेका झा मेडिसिटी अस्पतालमा इमरजेन्सी विभागमा कार्यरत छन् ।
ती युवतीले आफूलाई डा. झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । जाहेरीमा उल्लेख भएअनुसार डाक्टरले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् । डाक्टरमाथि जबर्जस्ती करणी मुद्दा उद्योगअन्र्तगत अनुसन्धान सुरु भएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ