भुवनलाई बिर्सिए दर्शकले

पत्रपत्रिकाबाट

सोमबार, ०९ मंसिर २०७६, २० : २१
भुवनलाई बिर्सिए दर्शकले

फाईल फोटो

काठमाडौं । भुवन केसीलाई दर्शकले बिर्सिए रे ? यस्तो पनि हुनसक्छ र ? उनी जत्ति यो उद्योगमा समय बिताउने अरु कुन चाहिँ हिरो छ ? यस्ता हिरोलाई दर्शकले बिर्सिने कुरा हुन्छ र ?

तर यस्तै देखिन्छ। उनी अभिनित ‘मिस्टर नेपाली’ फिल्म पछिल्लो हप्ता रिलिज त भयो तर चाइँचुइँ हल्ला भएन। उनलाई लागेको थियो– आफ्नो ब्यानरभन्दा बाहिरको फिल्ममा पनि उनको क्रेज देखिएला र आफ्नै ब्यानरको फिल्मलाई अझ महँगो दाममा बेचुँला ! तर उनको योजना सफल हुन सकेन।

दर्शकले भुवन केसीको फिल्म हलमा लागेको पत्तै पाएनन्। ‘मिस्टर नेपाली’को व्यापक रुपमा प्रचार भए पनि दर्शकले नपत्याएपछि निर्माण पक्ष रुनु न हाँस्नुको अवस्थामा छ। भुवनलाई त के छ र ? आफूले कमाउन नसके पनि छोराले पालिहाल्छ क्यारे ! शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस