Safal Khabar - नेपालको वास्तविक नक्सा सार्वजनिक, राष्ट्रसंघमा लगिने
शनिबार, २२ चैत २०७६ (Saturday, 4 April, 2020)
नेपालको वास्तविक नक्सा सार्वजनिक, राष्ट्रसंघमा लगिने
आइतबार, ०८ मङि्सर २०७६, १८ : ४५
नेपालको वास्तविक नक्सा सार्वजनिक, राष्ट्रसंघमा लगिने

काठमाडौं । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्शा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिम नेपालको सीमानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । 

भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएका कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो । नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए ।

Yeti Diistillery
nic asia

उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।’ 

कोभिड- १९ विश्वव्यापी अपडेट

शनिबार, २२ चैत २०७६, ११ : ४५ मा अद्यावधिक गरिएको
१११७९१८
संक्रमित
२२९०००
निको
५९२०३
मृत्यु
देश अनुसारको रिपोर्ट हेर्नुहोस् >>

प्रतिक्रिया दिनुहोस