बढी शुल्क फिर्ताको माग गर्दै भरतपुरमा विद्यार्थीद्धारा विरोध प्रदर्शन

उर्गेन तामाङ

आइतबार, ०८ मंसिर २०७६, १५ : २०
बढी शुल्क फिर्ताको माग गर्दै भरतपुरमा विद्यार्थीद्धारा विरोध प्रदर्शन

चितवन । तोकिएको भन्दा लिएको बढी शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज विरुद्ध विद्यार्थीहरुले आईतबार भरतपुरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोध गर्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमा सिएमसी सहित विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागितामा नाराजुलुस गर्दै प्रदर्शन गरेका हुन ।

आन्दोलित विद्यार्थीहरुले चितवन मेडिकल कलेजबाट ¥यालीको आयोजना गर्दै लायन्सचोक, शहीद चोक, पुलचोक हुँदै पुनः चौबिसकोठीमा आएर कोणसभा गरेको थियो । कोणसभालाइ संवोधन गर्दै विद्यार्थीहरुले तोके भन्दा बढी लिएको शुल्क फिर्ता नगरिए आफुहरु कुनै पनि हालतमा पछि नहट्ने चेतावनी दिए। 

जायज माग संबोधन नगरिए आफुहरु गोली थाप्न पनि तयार रहेको सिएमसीका विद्यार्थी मान्यता थापाले बताए । उनले मेडिकल माफियाहरुले विद्यार्थीहरुलाई दिनसम्म दुख दिएको भन्दै अव यो आन्दोलनलाई पार लगाएरै छाडेने दृढता व्यक्त गरे । ‘जायज माग राख्दा सिएमसीसँगको मिलेमतोमा प्रहरीले विद्यार्थीहरुलाई धरपकड गरीरहेको छ’, उनले भने,‘ विद्यार्थी र अभिभावक ठक्ने माफियाहरुलाई कारवाहि गर्न यस्तो काम बन्द हुनैपर्छ ।

कार्यक्रममा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द लगायत केहि विद्यार्थी अगुवाहरु भने सहभागि भएनन् । ¥यालीमा सहभागि विद्यार्थी तथा अभिभावकहरुले गर या मर, माफियाहरु होसीयार, बढी लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद लगायतका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।  ¥यालीको क्रममा हुनसक्ने संभावित दुर्घट्नालाई मध्यनजर गर्दै सिएमसी र चौविसकोठी आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस