महरा प्रकरण केवल नैतिक र महिलाको मात्र नभई राजनीतिक मामिला पनि हो : नेत्रविक्रम चन्द (विप्लव)

सम्भोगलाई राजनीतिक मामिला बनाएको जस्तो लाग्छ ।

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, १० : २९
महरा प्रकरण केवल नैतिक र महिलाको मात्र नभई राजनीतिक मामिला पनि हो : नेत्रविक्रम चन्द (विप्लव)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) ले निर्वतमान सभामुख कृष्णवहादुर महरा प्रकरणमा पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । यस अगाडी, महराबारे विप्लवले पत्र लेखेको जस्तो चर्चा भएपनि ति फर्जी पत्र थिए । तर यसपटक भने, महरा प्रकरणमा पहिलो पटक विप्लवले मुख खोलेका हुन् ।

विप्लवको पार्टी नेकपाको छैटौं पार्टी पूर्नगठनको विशेष सन्र्दभमा उनले पार्टी निकट अनलाइन इरातो खबरलाई दिएको अन्र्तवार्तामा पहिलो पटक महराका विषयमा बोलेका हुन् । उनले महरा प्रकरण भित्र केवल नैतिक र महिलाको मात्र नभई राजनीतिक मामिला पनि भएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका छन् ।  

महरा प्रकरणका सन्र्दभमा सोधिएको एक प्रश्नमा विप्लवले भनेका छन्, –‘महराले निजी जीवनमा गरेका कमजोरी के हुन्, महिलाले नै भनेपछि अरूले धेरै बोल्ने कुरा भएन तर म ठोकेर भन्छु, महरा प्रकरण केवल नैतिक र महिलाको मामिला मात्र नभई सम्भोगलाई राजनीतिक मामिला बनाएको जस्तो लाग्छ ।

पुँजीवादी पार्टीहरूभित्र यस्ता सम्बन्ध नहुने कमै होलान् ! राष्ट्रपति सीको भ्रमणको बेलामा नै यसलाई उठाउनु, ओलीले अमेरिकी कार्यक्रम एमसीसी रोक्ने महरा नै हो, भन्नु, प्रचण्डले अदालतमा रहेको मुद्दाबारे महराले नै गल्ती गरेका हुन् भनेर ठोकुवा गर्नु, यूएन, युरोपियन युनियन लगायतले वक्तव्य दिएर कारबाहीको माग गर्नु यसका दृष्टान्त हुन् ।’

विप्लव, वर्षमान पुन, नन्दवहादुर पुन, जयपुरी घर्ती, कुलप्रसाद केसी लगायतका रोल्पाली नेताहरुलाई पढाउन समेत भूमिका रहेका महराका विषयमा विप्लवले के धारणा सार्वजनिक गर्छन् ? भन्ने आम मानिसमा जिज्ञासा थियो । तर यो प्रकरणको दुई महिनासम्म मौन बसेका विप्लवले पार्टी पूर्नगनठका बेला दिएको अन्र्तवार्तामा महराबारे प्रष्टयाएका हुन् । विप्लव र महरा तत्कालिन पार्टीमा संगै रहदा असाध्यै मिल्ने नेताहरु थिए ।

पार्टीभित्र घुसेका गद्दारका कारण क्षति
विप्लवले पार्टी नेताहरुको पक्राउ, गिरफ्तारी हत्यामा पार्टीभित्रै छिरेका गद्दारहरुका कारण क्षति पुगेको पनि सार्वजनिक रुपमा पहिलो पटक स्वीकार गरेका छन् । दाङमा केही साता अगाडी मात्रै पक्राउ परेका उनकै दाजु चन्दबहादुर चन्द बिरजंग देखि पार्टीको सिंगो राप्ती ब्यूरोको बैठक स्थल सम्मै प्रहरी पुगेको घटनालाई संकेत गदै उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीलाई लागेको धक्कावारे अन्र्तवार्ताका क्रममा भनेका छन्, –‘हो, दमन र प्रतिरोध चलिरहँदा पार्टीले सङ्गठनका क्षेत्रमा केही ठूलाखालका क्षतिहरू बेहोरेको छ । यी क्षतिमा प्रायः पार्टीभित्र घुसेका गद्दारहरूको हात छ भने आफ्नै कमजोर कार्यशैली पनि छ । हामीले यी घटनाहरूलाई गम्भीर ढङ्गले समीक्षा गरेका छौँ र रोकथाम गर्ने उपायहरू पनि अगाडी बढाएका छौँ । तर बाहिर भने जस्तो नेतृत्वलाई क्रान्ति अगाडि बढाउन प्रतिकूल हुने तहमा समस्या आयो भन्ने भनाइ सत्य नभएको उनले दाबी गरेका छन् । पार्टी एकीकृत गरि जनक्रान्ति हाँक्न सक्षम छ ।’

हामीलाई थाहा छ क्रान्ति भनेको सोझो, सपाट, सरल र सजिलै बढ्ने यात्रा होइन । यो अनेकौँ प्राकृतिक र कृत्रिम अवरोधहरूसँग पाइला पाइलामा जुधेर सफल हुन्छ । कम वा बेसी, माथिबाट वा तलबाट, पहिले वा पछि केही त्याग, क्षति र बलिदान नचुकाएर क्रान्तिमा विजय हासिल गर्न सकिँदैन । क्रान्तिका मूल्य भनेको नै त्याग, क्षति र बलिदानहरू हुन् । हामी ती मूल्य चुकाउन तयार भएर नै एकीकृत जनक्रान्तिको यात्रा तय गर्न अगाडि सरेका हौँ । बलिदान प्रति सचेत र संवेदनशील छैनौँ भन्ने होइन । हामी वास्तवमै गम्भीर छौँ । आउँदा दिनमा यसलाई हल गर्दै जाने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस