उपेन्द्रलाई प्रधानमन्त्री ओलीले फाल्न खोज्ने, उपेन्द्र टाँसिनै खोज्ने

समाजवादी पार्टीले फेरि प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्ने भन्दै सरकार नछोडन् वार्ता समिति बनाएको छ ।

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, ०९ : २२
उपेन्द्रलाई प्रधानमन्त्री ओलीले फाल्न खोज्ने, उपेन्द्र टाँसिनै खोज्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफु नेतृत्वको सरकारबाट उपेन्द्र यादवलाई हटाउन खोजेका छन् । तर पार्टीका अध्यक्ष प्रचण्डका कारण ओली उपेन्द्रलाई हटाउने स्टेप सम्म पुग्न सकेका छैनन् । तर ओलीले यादव नेतृत्वको दल सरकार आफै छोडेर जाओस भन्ने गरी वातावरण निर्माण गरिरहेका छन् ।

सत्ता साझेदार दल समेत रहेको उपेन्द्रले मन्त्रालयका फाइलहरु अगाडी सार्दा महिनौं रोकिदिने, प्रदेश प्रमुख नियुक्ति गर्दा उपेन्द्रको समेत मान्छे पदमुक्त गरेर नयाँ नियुक्ति दिदा कसैलाई नपारिदिने र हुदाहुदै मन्त्रीपरिषद् पूर्नगठन गर्दा एक राज्यमन्त्री खोस्ने देखि उपेन्द्रकै मन्त्रालय, उनी र उनको पार्टीसँगको परामर्श बिनै फेरिदिने सम्मका काम ओलीले गरेका छन् ।

तर पनि उपेन्द्रको पार्टीले भने सरकार छोड्न चाहेको छैन् । अब सरकार छोड्छ, छोड्छ भन्ने आंकलन विपरित समाजवादीको निर्णय आउँछ सरकार अहिले नछोडने । गत कात्तिक अन्तिम साता बसेको संघीय परिषद् र केन्द्रीय समितिको बैठक पछि उपेन्द्रको पार्टीले सरकार छोडने धेरैले अनुमान लगाएका थिए । तर त्यसो भएन् ।

उपेन्द्र भारत भ्रमणमा रहेकै बेला मन्त्रालय समेत फेरिदिएपछि अब भने छोड्लान भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको थियो । तर त्यसको विपरित उपेन्द्र स्वदेश फर्किएलगत्तै बसेको पदाधिकारी बैठकले पनि सरकार छोड्ने कुरा गरेन । उल्टै प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने भन्दै वार्ता समिति गठन गरेर वैठक समापन गरेको छ । खासगरी उसले हिजो अबेर रातीसम्म वालकुमारीमा वसेको पदाधिकारी बैठकवाट निम्न तिन निर्णय लियो :

१)  प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति गम्भीर असहमति प्रकट गर्ने ।
 २) असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गर्ने ।
 ३) वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहने ।

सरकारमा रहेको एउटा दलसँग प्रधानमन्त्रीले कुनै परामर्श बिनै मन्त्रालय हेरफेर गर्दा समेत उसको यसमा कुनै कडा प्रतिक्रिया देखिएन । समाजवादी पार्टीभित्र डा. बाबुराम सरकार छोडनुपर्ने र उपेन्द्र अहिले सरकारभित्रै बसेर संर्घष गर्नुपर्ने दुई थरी धार देखा परेको छ । तर पार्टी निर्णयमा बाबुराम भन्दा उपेन्द्र हावी भएका छन् ।

उपेन्द्रले सरकार छोड्दा प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा लैजाने र प्रदेश २ सम्मको सरकारमा आफुहरुलाई अलग गराउने योजना रहेकोले सरकार छोड्न नहुने तर्क अहिले पार्टीभित्र गरिरहेको स्रोत बताउँछ ।

उनले केन्द्रमा राजपा नेताहरुलाई सरकारमा लैजाने, प्रदेश २ मा आफुहरुलाई अलग वनाएर राजपा र नेकपाको गठबन्धनमा सरकार वनाउने र राष्ट्रिय राजनीतिमा आफुहरुलाई कमजोर बनाउने योजनामा प्रधानमन्त्री र नेकपा लागेको बताईरहेका छन् । त्यसकारण पनि उनले सरकार छोड्न आनाकानी गरिरहेको स्रोत बताउँछ संविधान संसोधनको माग गरिरहेकै पार्टी नेतालाई कानुनमन्त्रीको जिम्मेवारी भनेर आलोचना भईरहदा उनले कानुन मन्त्रालयको तर्फवाट संविधान संसोधनको ड्राफ्ट बनाउने र त्यो मन्त्रिपरिषद्मा लगेर बहस गर्ने र मात्र सरकारवाट बाहिरिने नीति पार्टीमा अगाडी सारेका छन् ।

यसो गर्दा मधेसमा पार्टीको अवस्था बलियो बन्ने उपेन्द्रको तर्क छ । तर उनले मन्त्रिपरिषद् सम्म प्रस्ताव कसरी जान्छ भन्ने विषयमा भने पार्टी नेताहरुलाई ढाँटछलको राजनीति गर्न खोजेका छन् ।  उपेन्द्र ओलीले फालन खोज्दा पनि टाँसिन मात्रै खोजिरहेका छन्, समाजवादीकै एक नेताले भने । 
 

प्रतिक्रिया दिनुहोस