नवनियुक्त कुन मन्त्रीको वरियता कति ?

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, ०८ : ४१
नवनियुक्त कुन मन्त्रीको वरियता कति ?

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति पाएका हृदयश त्रिपाठीले छैटौँ बरियता पाएका छन् ।

यसअघि पटक पटक मन्त्री बनिसकेका उनी राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
यस्तै नवनियुक्त मन्त्रीहरु घनश्याम भुसालको वरियता नवौँ, लेखराज भट्टको ११ औँ, रामेश्वर राय यादवको १४ औं, बसन्त कुमार नेम्वाङको २१ औँ र पार्वत गुरुङको २२ औं वरियता कायम गरिएको छ । 

यस्तै राज्यमन्त्री बनेकाहरु मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरको क्रमशः २३ औँ, २४ औँ र २५ औँ  वरियता कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस