जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान छ । अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा सोही अस्पतालमा आज बिहान करीब २ बजे मृत्यु भएको जनाइएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु