जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान छ । अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा सोही अस्पतालमा आज बिहान करीब २ बजे मृत्यु भएको जनाइएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु