भुकम्पले २ घर चर्किए

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, ११ : ०२
भुकम्पले २ घर चर्किए

काठमाडौं । मंगलबार राती ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन ।

भुकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको छ ।

मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी गणेश बमले बताए । धेरै पुराना घर भएकाले भुकम्प आउँदा घर चर्केको हुनसक्ने उनको भनाइ छ । भुकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसीत भएका थिए । अन्य ठाउँमा भुकम्पले के कति क्षती गरेको हो भने खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस