कारागारमा आलमको दिनचर्या कस्तो छ त ?

लागु औषध कारोबारीसँग बस्छन सामुहिक मेसमा खान्छन्, कारागार भित्रका बन्दीहरुलाई नियालेर एकोहोरो हेर्छन

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, ०९ : ३४
कारागारमा आलमको दिनचर्या कस्तो छ त ?

काठमाडौं । १२ वर्ष अघि रौतहमा भएको बम काण्डका घाईते भएकाहरुलाई ईटा भट्टामा हालेको आरोपमा पूर्पक्षका लागि नख्खु कारागारमा छन,–सांसद एवं काँग्रेस नेता मोहम्मद अफताव आलाम । पूर्वमन्त्री समेत रहेका आलमले पक्राउ गर्न गएका प्रहरीलाई दिएको धम्की सोमबार दिनभर जसो भाईरल बन्यो ।

रौतहट जिल्ला अदालतले पूर्पक्षमा राख्न आदेश दिएकै रात आलमलाई ललितपुरको नख्खु कारागार ल्याईएको छ । उनको रोजाई भने डिल्लीबजार सदरखोर थियो । तर, एकै स्थानमा धेरै भीआइपीहरुलाई राख्दा जेलको आन्तरिक सुरक्षामा दख्खल पुग्ने ठानी आलमलाई  नख्खु कारागारमा राखिएको छ । नख्खु कारागार भित्रको तीन ओटा ब्लक मध्ये ‘सीआरसी ब्लक टु’ को दोश्रो तलामा राखिएका छन् ।

लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा दोषी ठहर भएका दुई  र चोरी आरोपी एक जना अहिले आलमको रुम पार्टनर छन् । ‘कारागार आएदेखि नै उनी त्यक्ति कोठावाट बाहिर निस्केका छैनन । निस्किहालेपनि कसैसँग खुलेर बोलेका छैनन । उनी जेलभित्रका कैदी बन्दीहरुलाई नियालेर हेर्छन, अनि एकोहोरिएर बस्ने गर्छन,’–सुरक्षामा रहेका एक प्रहरीले भने । अन्य कैदी बन्दीलाई भन्दा उनलाई जेल प्रशासनले केही आरामदायी कोठामा राखेको छ ।

अन्य कोठामा २० देखि २५ कैदी बन्दी राखिएपनि आलमलाई राखिएको कोठमा उनी सहित ४ जना मात्रै छन् । नख्खु कारागारभित्र १५ सय बन्दीहरु छन् । जेल आए देखि नै प्रायः कालो हाइनेक, सेतो धोती र सफाचट जुँगामा चिटिक्क परेर बसेका छन् । आफ्नो खानाको व्यवस्था छुटै गरेका छैनन् । आलम कारागार भित्र सामुहिक मेसमै खाना खाईरहेको आलमलाई भने आफुलाई राखेको कोठा भने मन नपरेको बताएको सुरक्षामा खटिएका एक प्रहरीले भने ।

जेल प्रशासनका अधिकारीहरु पुग्दा उनले आफुलाई अलग कोठा र शौचालयको व्यवस्था मिलाउन आग्रह् गर्छन् । ‘डिल्लीबजार ट्रान्सफर कर दो, कि सफा अलग कोठा और शौचालयको बन्दोवस्त कर दो’ जेलरसँग उनले माग गरिरहेका छन् । आलम जेल आएदेखि नै  भेट्नेहरुको नख्खु कारागारमा भीडभाड लाग्ने गरेको छ । उनलाई भेटन  माननिय देखि काँग्रेसका नेता कार्यकर्ता जेल पुगिरहेका छन् । जेलमा भेट्न आउनेको संख्या बढी भएपछि कतिपयलाइृ त फिर्ता समेत पठाईएको जेल प्रसासनको भनाई छ । छोरा भने उनलाई भेट्न दैनिक नख्खु कारागार पुग्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस