किन गरियो आलममाथि मुद्दा चलाउने सरकारी वकिलको सरुवा ?

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, १८ : ३८
किन गरियो आलममाथि मुद्दा चलाउने सरकारी वकिलको सरुवा ?

काठमाडौं । कांग्रेसका सांसद मोहम्मद अफताब आलममाथि मुद्दा चलाउने सरकारी वकिल खडिन्द्र कटुवाल सरुवा भएका छन् । 

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार कटुवाललाई रौतहटबाट सरूवा गरेर मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयमा सारिएको छ । 

आलमलाई मुद्दा चलाउने सरकारी वकिल र उनको मुद्दा हेर्ने न्यायाधीशलाई सुरक्षा थ्रेट आएको समाचारहरू सार्वजनिक भएकै बेला कटुवालको सरूवा गरिएको हो ।

तर सुरक्षाको थ्रेट आएर सरूवा गरिएको नभई यो नियमित सरूवा भएको रेग्मीले बताए ।

कटुवाललाई मात्र नभाइ उच्च सरकारी वकिल कार्यालय वीरगन्जका प्रमुख ध्रुवमणि ज्ञवालीलाई पनि सरूवा गरेर सुर्खेत उच्च सरकारी वकिल कार्यालय पठाइएको रेग्मीले जानकारी दिए । ज्ञवाली १२ वर्षअघि आलमविरूद्ध मुद्दा नचलाउने निर्णय गर्ने सरकारी वकिल हुन् । उनले प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदनमा प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस