वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

सोमबार, ०२ मंसिर २०७६, १४ : १४
वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

तुलसीपुर । वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका–१७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही–१५ मा असामयिक निधन भएको हो । 

बिरामी शर्माको उपचारका क्रममा घरमै आज बिहान ५ बजे निधन भएको हो । उहाँको आजै दिउँसो १२ बजे घोराहीको कटुवाखोलास्थित शङ्खेपिपलघाटमा दाहसंस्कार गरिने  छ । शर्माका चार छोरा र एक छोरी हुनुहुन्छ ।(रासस)

प्रतिक्रिया दिनुहोस