भारतीय हस्तक्षेपको विरोध गर्दै पूर्वि चितवनमा युवाहरुद्धारा प्रदर्शन

आइतबार, ०१ मंसिर २०७६, १८ : ५३
भारतीय हस्तक्षेपको विरोध गर्दै पूर्वि चितवनमा युवाहरुद्धारा प्रदर्शन

– आशिष उप्रेती
चितवन । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि मिचिएको विरोध गर्दै पूर्वी चितवनको भण्डारामा युवाहरुले प्रदर्शन गरेका छन् ।
युवाहरुको संस्था राइफल युनिटिले राप्ती नगरपालिका वडा नंं ५ भण्डारा बजारमा भारत विरुद्ध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा युवाहरुले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भारतिय हस्तक्षेप बन्द गर नेपाली भूमि फिर्ता गर, राष्ट्रियता प्रति सरकार जिम्मेवार बन लगायतका नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राइफल युनिटिका अध्यक्ष गणेश तामाङले भारतिय हस्तक्षेपविरुद्ध सवै नेपाली एक भएर जुरुक्कै उठ्नुपर्ने बताएका थिए । कार्यक्रममा देश भक्त युवाको तर्फबाट नवराज पाठक श्याम, सन्चारकर्मी गोपाल बिश्वकर्मा, समाजसेवी सन्जय श्रेष्ठ, निर्देशन त्रिपाठी, अनेरास्ववियु राप्ती नगरपालिकाका अध्यक्ष अनुज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस