आलम रातारात नख्खु कारागार चलान

सफल खबर संवाददाता

शनिबार, ३० कार्तिक २०७६, ०९ : ३७
आलम रातारात नख्खु कारागार चलान

काठमाडौं । राजपुर बम काण्डका अभियुक्त महम्मद अफताव आलमलाई रौतहट अदालतले पुर्पक्षका लागि थुनामा पठाएगै रातारात नख्खु कारागार पु¥याएको छ । गृह मन्त्रालयले आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएको ठहर गरेपछि गौरबाट नख्खु कारागार ल्याएको हो । 

प्रहरी स्रोतका अनुसार आलमलाई शनिबार बिहान साढे ४ बजे नख्खु कारागार  ल्याई पु¥याएको हो । उनलाई शुक्रबार राति नै  कडा सुरक्षाबीच स्थनिय प्रहरीले ल्याइ नख्खु कारागारलाई बुझाएको छ । शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई थुनामा  राख्न आदेश दिएको थियो।  सुरक्षाको दृष्टिकोणले आलमलाई रौतहट कारागारमा राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोराको  समेत आदेश दिएको थियो।

आफताब आलमलाई सर्वस्व सहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए। पछिल्लो पटक पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्च अदालतले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ गरेको थियो । १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोप आलम माथि लागेको छ । 

प्रतिक्रिया दिनुहोस