रुप ज्योति विरुद्धको प्रतिवेदन किन भयो प्रहरीलाई फिर्ता ?

पत्रपत्रिकाबाट

शुक्रबार, २९ कार्तिक २०७६, ०८ : ४१
रुप ज्योति विरुद्धको प्रतिवेदन किन भयो प्रहरीलाई फिर्ता ?

काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी डां रुप ज्योति र उनकी छोरी सुरुचि विरुद्ध तयार पारी पेस भएको अनुसन्धान प्रतिवेदन सच्याउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई फिर्ता पठाएको छ।

ठगी मुद्दामा अनुसन्धानमा जुटेका काठमाडौं प्रहरी परिसरले बुधबार कार्यालयमा बुझाएको अन्तिम प्रतिवेदनमा आधारभूत पक्ष नै उल्लेख गर्न छुटेको भन्दै सच्याई पेस गर्न बिहीबार फिर्ता पठाएको हो। पीडित भनिएका वीजेन्द्रकृष्ण मल्लले आफूले रकम फिर्ता पाउने सर्तमा मिल्न तयार भएको बताउँदै सरकारी वकिल कार्यालयमा बिहीबारै निवेदन दिएका छन्। सरकारी वकिल कार्यालयले मल्लको निवेदनसमेत प्रहरीको अनुसन्धान फाइलसँगै फिर्ता पठाएको छ।

‘पीडित पक्षले रकम नपाएको भन्दै निवेदन दिएका छन्। तर, त्यसअनुसार ठगी भन्ने बेहोरा प्रस्ट खुल्न नसकेपछि फिर्ता पठाइएको हो।’, सरकारी वकिलको कार्यालयले बतायो । गत बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस