प्रधानमन्त्री ओलीको बामदेव गौतमलाई आकर्षक अफर, बन्लान् उप प्रधानमन्त्री ?

पत्रपत्रिकाबाट

विहीबार, २८ कार्तिक २०७६, ०८ : ००
प्रधानमन्त्री ओलीको बामदेव गौतमलाई आकर्षक अफर, बन्लान्  उप  प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । 
ओलीबाट गौतमलाई यस्तो अफर आएपनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन गरेको छैन । मन्त्रिपरिषद् पुर्नगठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभा मार्फत सांसद बनाएर उप प्रधानमन्त्रीका रुपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले जनाएको छ । 
एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नु अघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए । तर गौतमले भने संविधान संशोधन गरेरै भएपनि आफूलाई उप प्रधानमन्त्री बन्न समेत सहज हुने बाटो बनाइदिन आग्रह गरेका छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस