ढलेका सीमा स्तम्भ जिर्ण, बाढी आए स्तम्भ बगाउने डर

सफल खबर संवाददाता

बुधबार, २७ कार्तिक २०७६, १५ : ४९
ढलेका सीमा स्तम्भ जिर्ण, बाढी आए स्तम्भ बगाउने डर

कपिलवस्तु । भारतको सिमा क्षेत्रमा पर्ने कपिलवस्तुको बिजयनगर गाउँपालिकाको सीमामा रहेका स्तम्भ ढलेको ३ महिना बितिसक्यो । सिमाना छुट्याउने जस्तो संवदेनशिल क्षेत्रमा स्तम्भ ढलेको यति महिना बिति सक्दा पनि मर्मतसम्भार नहुदा  स्तम्भ जिर्ण बनेका छन । देशैभर सिमा विवाद भइरहेको बेला ३ महिना अघि आएको वाढीले ढालेको सिमा स्तम्भको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।  बिजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका दुइ खोलामा रहेको ५ सीमा स्तम्भ बाढीले ढालेको थियो . ।

विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८.७ र त्यस्को आधी किमी उत्तर पिलर नं. ५७८.१) पानीमा लडेको छ । गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७.७ र ५७७.९ ढलेका छन्. ५७७ (नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७.७ को आधा भाग पानीमा डुबेको छ .

विजयनगर गाउँपालिका १ चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थानियको भनाई छ  .विजयनगर ६ का मुकेश थापाले सरकारले सिमा स्तम्भको संरक्षण गर्न नसकेको वताए ।

“विजयनगर क्षेत्रमा मात्र ५ वडा स्तम्भहरु जिर्ण तथा ढलेका छन अर्काृे पटकको वर्षातमा ति स्तम्भ बगाउने डर छ” उनले भने,  ‘दैनिक जसो सिमा क्षेत्रमा पुग्ने नेपाल प्रहरी निरीक्षण गरेर फर्कन बाहेक केही गर्न सक्दैन । हामी दैनिक जसो सो क्षेत्रमा पुग्ने गर्दछौ,  एक प्रहरीले भने ।  बर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ । सीमा स्तम्भ निर्माणका लागि दुइदेशीय टोलीकै आवश्यकता पर्ने भएकाले केन्द्रीयस्तरकै पहल आवश्यक  छ ।

विजयनगर गाउँपालिका ५ का वडा अध्यक्ष अनवर मुसलमानले पटक पटक निरिक्षण गर्न गएको भएपनि कुनै कदम भने चाल्न नसकेको वताए । “सिमा क्षेत्रको कुरा हो यसलाई सामान्य लिनु पनि भएन, तर सिमा स्तम्भ पुन निमार्ण गर्न ढिलाई गर्न हुदैन ”मुसलमानले भने,  ‘सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुइ देशीय केन्द्रीय स्तरको सर्वेक्षक सहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिलाई भएको हो ।

शसस्त्र प्रहरी गुल्म कृष्णनगर क्षेत्रमा मात्र २ सय ८९ सिमा स्तम्भ रहेका छन जसमा एउटा जङ्गे पिल्लर रहेको छ भने बांकी े जिर्ण रहेको छ । ‘केहि स्तम्भहरु नयाँ बनेका छन, केहि पुराना जिर्ण छन सो विभिन्न कारणले मर्मत हुन सकिरहेका छैनन’ शसस्त्र प्रहरी कृष्णनगरका डिएसपि शुशिल शाहीले बताए ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले स्तम्भको अवस्था वारे बुझ्न सुरक्षा अधिकारी सहितको टोली पुगेको वताए । दुवै देशका पदाधिकारी बसेर स्तम्भ उठाउनु पर्ने थापाको तर्क छ । स्थानिय निकायले मात्र चाहेर भएन मैले धेरै पटक प्रयास गरेको हो’, भारतीय र नेपालका अधिकारीहले यसमा ध्यान दिन आवश्यक छ ।गाउँपालिकाले सहयोग गर्न तयार छ, थापाले भने । 

प्रतिक्रिया दिनुहोस