काठमाडौँ । नेपाली सेनाले सेनानी रामचन्द्र तिवारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
२०७३ चैत १८ मा जापानमा दुई वर्ष अध्ययनका लागि बेतलबी बिदा लिएका उनी अध्ययन सकेपछि सर्त बमोजिम हाजिर नभइ आफूखसी हिँडेकाले उनलाई सैनिक ऐन बमोजिम कारबाही गरिएको सेनाले जनाएको छ ।
सेनाका अनुसार उनलाई गत भदौ ८ गते पक्राउ गरिएको थियो भने छानबिन पछि कारबाहीको निर्णय गरिएको थियो ।
सो सम्बन्धमा जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतबाट तिवारीले सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिईसकेपश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको दाबी सहित जथाभावी बोल्दै हिड्ने गरेको पाइएको सेनाले जनाएको छ ।
यो बीचमा उनले थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्विकृती नलिई व्यक्तिगत आर्थिक फाईदा हुने नियतले काम गरेको पाइएकाले उनलाई ‘भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ ठहर भएसँगै भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ कार्तिक २०७६, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स