त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले ठूलो परिमाणमा मदिरा लिलाम गर्ने

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १६ : २३
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले ठूलो परिमाणमा मदिरा लिलाम गर्ने

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले ठूलो परिमाणमा मदिरा लिलाम गर्ने भएको छ । विभागले विभिन्न समयमा विमानस्थलमा जफत भएका सवा कारोड माथिको मदिरा सार्वजनिक बोलपत्र मार्फत लिलाम गर्न लागेको हो ।

विभागले विभन्न ब्राण्ड गरेर १४ शीर्षकमा कुल एक करोड ३१ लाख ३१ हजार ५ सय ६५ रुपैयाँ बराबरको मदिरा लिलाम आह्वान गरेको छ । गत १८ गते विभागले गोप्य सिलबन्दी दरभाउपत्र मार्फत १५ दिने सुचना निकालेको थियो ।
सार्वजनिक सिलबन्दी दरभाउपत्रको माध्यबाट लिलाम आह्वान गरिएको सो टेन्टरमा सुचना प्रकासित भएको मिति देखि १५ दिन भित्र प्रक्रियागत रुपमा आवश्यक डकुमेन्ट सहित विभागमा दर्खात पेस गर्न भनिएको छ ।

मदिरा खरिद गर्न चाहने ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले कबोल गरेको रकमको १० प्रतिशत रकम धरौटी राष्ट्रिय वाणिज्य बैंक, गौचर शाखामा रहेको भन्सार कोषमा जम्मा गर्नु पर्ने छ । र सोको सक्कल भौचर सिलवन्दी दरभाउपत्र फाराम साथ विभागमा पेस गर्नु पर्ने विभागले जनाएको छ । विभागले लिलाम गर्न लागेको मदिरा विमानस्थलमा यात्रु जाँचपास गर्दा फेला पारेको र जफत गरिएका मदिरा हुन् । 

प्रतिक्रिया दिनुहोस