नेपाल र कुवेतको खेल भुटानमै हुने

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १५ : ५८
नेपाल र कुवेतको खेल भुटानमै हुने

file photo

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ  ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको जनाएको छ । एसियाली फुटबल महासंघ (एएप्फसी) को स्वीकृतिपछि दुई देशबीचको खेल भुटानमा पक्का भएको हो ।