भारतीय नक्साको विरोधमा प्रदर्शन गर्ने विप्लव निकट अखिल क्रान्तिकारीका ४ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १४ : ३७
भारतीय नक्साको विरोधमा प्रदर्शन गर्ने विप्लव निकट अखिल क्रान्तिकारीका ४ जना पक्राउ

काठमाडौँ । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले आज प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन । 
 

प्रतिक्रिया दिनुहोस