भारत विरोधि प्रदर्शन गर्ने दर्जनभन्दा बढी पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १४ : २७
भारत विरोधि प्रदर्शन गर्ने दर्जनभन्दा बढी पक्राउ

काठमाडौँ । भारतीय नक्सामा नेपालको भूमी समावेश गरेको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।  कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा राष्ट्रवादी केन्द्र नेपालले विरोध कार्यक्रम आयोजना गरेको हो ।
विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले एक दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो । 
 

प्रतिक्रिया दिनुहोस