सोलुखुम्बु । आफ्नै ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका-५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ