ई–पासपोर्ट छाप्ने बोलपत्र रद्द, के हुनसक्छ कारण ?

शनिबार, २३ कार्तिक २०७६, १३ : ०७
ई–पासपोर्ट छाप्ने बोलपत्र रद्द, के हुनसक्छ कारण ?

काठमाडौँ । परराष्ट्र मन्त्रालयले ई–पासपोर्ट छाप्नेसम्बन्धी बोलपत्र रद्द गरेको छ । बोलपत्र खोल्ने मितिभन्दा एक दिन अगाडि राहदानी विभागले ‘माथिको आदेश’ भन्दै बिहीबार टेन्डर रद्द गर्ने निर्णय गरेको हो । आर्थिक चलखेलका कारण बोलपत्र आह्वान रद्ध गरिएको हुनसक्ने आशंका गरिएको छ । 

राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार बोलपत्र रद्ध भएको बारे आफूलाई थाहा नभएको बताए ।  ई–पासपोर्ट प्रणालीमा जाने निर्णय गरी सरकारले ५० लाख राहदानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । 

जसअनुसार गत भदौ १० मा जारी भएको बोलपत्रमा सुरुमा ४५ दिनको मिति राखिएकोमा बीचमा दुई पटक म्याद थपेर बोलपत्र खोल्ने मिति सारिएको थियो । टेन्डर हाल्नका लागि डेढ दर्जन कम्पनीले विभागबाट फाराम लगेकोमा कतिले प्रस्ताव हालेका हाले भन्नेबारे खुल्न सकेको छैन । 

विभागका अनुसार अहिले करीव ७ लाख ५० हजार एमआरपी स्टक छ र यसले बढीमा १ वर्षसम्मका लागि सेवाग्राहीलाई एमआरपी उपलब्ध गराउन सकिनेछ। 

तर, ई–पासपोर्टको बोलपत्र प्रक्रियामा ढिलाइ हुँदा ‘असहज अवस्था’ आउन सक्छ ।  बोलपत्र प्रकृया टुंगिएपछि ई–पासपोर्ट विदेशबाट छापिएर आउन एक वर्ष लाग्ने हुँदा जति ढिलाइ भयो उति पासपोर्ट अभावको अवस्था सिर्जना हुनसक्ने जानकारहरुको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस