रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राख्न अनुमति

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, १६ : ३७
रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमडौंले हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।

परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस