काठमाडौं । भारतको सीतामढी जिल्लास्थित सुरसन्डको ग्रामिण इलाकास्थित तीन किलोमिटर सडकखण्डमा चाँदी वर्षिएको छ ।
बुधबार बिहानै सडकमा मानिसको चहलपहल सुरु भएपछि सडकभरी चाँदी पाइएको हो । चाँदीका स–साना टुक्रा टिप्नका लागि मानिसहरु सडकमा ओइरिए ।
परीक्षणका क्रममा सडकमा भेटिएको चाँदी ‘शुद्ध’ पाइएको छ ।
यतिधेरै चाँदी सडकमा फेला परेपछि स्थानीय प्रशासनले पनि छानविन अघि बढाएको छ । स्थानीय बासिन्दालाई उद्धृत गर्दै केही भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति नै सडकमा चाँदी भेटिएको थियो । केहीले रातिदेखि नै सपरिवार सडकमा चाँदी टिप्दै रात बिताएको बताइन्छ ।
बुधबार बिहान थप मानिस सडकमा चाँदी टिप्न आइपुगेका थिए । स्थानीयबासिन्दाले सडकमा कुल ५० किलोभन्दा बढी चाँदी फेला पारेको बताइन्छ । सडकमा खोज्नेहरुले प्रतिव्यक्ति १०० ग्रामदेखि दुई किलोसम्म चाँदी बटुलेको चर्चा छ ।

सडकमा यतिधेरै चाँदी कहाँबाट आयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । उक्त क्षेत्रका बासिन्दाका अनुसार नेपालबाट तस्करहरुले ल्याएको चाँदी सडकमा छरिएको हुन सक्छ । बोरामा हालेर ल्याएको चाँदी चुहिएर सडकमा छरिएको हुन सक्नेमा स्थानीय प्रशासन पनि सहमत देखिन्छ ।
विशेषगरी नेपालको धनुषा र महोत्तरी जिल्लाबाट सुरसन्डमा व्यापारिक कारोबार हुने गरेको छ । नेपालका यिनै दुई जिल्ला हुँदै तस्करहरुसमेत सुरसन्डबाट भारतीय सामान ल्याउने तथा नेपालबाट सुन–चाँदी लगायतका सामान तस्करी गर्दै आएका छन् ।
तस्करहरुले राति मोटरसाइकलमा सामान तस्करी गर्दै आएका छन् । नेपालबाट तस्करी गरी ल्याइएको चाँदीको बोरा चुहिएर सडकमा छरिएको हुन सक्ने सुरसन्डका बासिन्दा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ कार्तिक २०७६, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?