मध्यपुरथिमि । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराउनुभयो ।
त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ छालिङ बस्ने जीवन नेपालीले दोस्रो उम्मेदवारी दर्ता गराउनुभयो । दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयका सूचना अधिकृत सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो ।
दलहरुका तर्फबाट भने साझा पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको छ । जुलुस र तामझाका सहित गएको साझा पार्टीले पौने ११ बजे सुरज प्रधानको उम्मेदवारी दर्ता गराएको छ । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिष्काघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय