उपेन्द्र बाहिरिएलान् सरकारवाट ?

सफल खबर संवाददाता

विहीबार, २१ कार्तिक २०७६, ०८ : ५६
उपेन्द्र बाहिरिएलान् सरकारवाट ?

काठमाडौं । सरकार र समाजवादी पार्टी वीच अहिले खटपट बढेको छ । सरकारमै उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका वीचमा सम्वन्ध राम्रो छैन ।

दुई नेतावीच विगत केही महिनायता खास औपचारिकता बाहेक अन्य विषयमा बातचित समेत छैन ।  उपेन्द्रको नीजि सचिवालयका अनुसार, प्रधानमन्त्री ओली र यादव वीच अहिले बोलचाल सम्म पनि छैन भन्दा पनि हुन्छ ।

विर अस्पतालको कार्यकारी निर्देशक नियुक्ति प्रक्रण देखि ओली उपेन्द्रवीच खटपट शुरु भएको हो । ओलीले २०७५ जेठमा आवश्यकता र औचित्यताका आधारमा संविधान संसोधन गर्ने शर्तमा उपेन्द्रलाई सरकारमा सहभागी गराएका थिए ।

त्यसबेलाको दुई वुँदे सहमतिपत्रमा ओली, यादव र प्रचण्ड तीन नेताले हस्ताक्षर गरेका थिए । तर त्यसयता एउटा वैठकमा पनि यस बारेमा कुनै सम्वाद र छलफल नभएको, आफु मातहातको मन्त्रालयको फाइलहरु प्रधानमन्त्री ओलीले ८, ९ महिनासम्म अडकाईदिने र अन्तिममा ओली आफैले आफनो मान्छेलाई राजनीतिक नियुक्तिहरु दिदै आफनो मन्त्रालयमा निरन्तर हस्तक्षेप गरिरहेको आरोप उपेन्द्रको थियो ।

त्यसमाथी उपेन्द्र र वावुराम भटटराईको पार्टीवीच एकता भए यता नै उपेन्द्रमाथी सरकार छोडन पार्टीभित्र प्रेसर बढदै गएको थियो ।

पार्टीभित्रको प्रेसरलाई पनि सुने नसुने गरी यादव सरकारमै बसिरहन चाहेका थिए । तर ओली आफैले उपेन्द्रलाई पछिल्लो चरण सरकार छोडेर जाओस भन्ने गरी वातावरण निर्माण गरिदिन थालेको आरोप समाजवादी पार्टीले लगाएको छ ।

सरकारले पछिल्लो पटक गरेको प्रदेश प्रमुख नियुक्तीमा सरकारमै सहभागी भएपनि एक वचन नसोधेको र आफनो मान्छेलाई समेत फालेर ७ जना प्रदेश प्रमुख नियुक्ति गर्दा पनि आफ्नो एक जना पनि नियुक्त नगरेकोमा उपेन्द्र ओलीसँग कुद्द बनेका छन् ।

प्रदेश प्रमुख चयनमा सरकारमै रहेपनि प्रतिपक्षी कांग्रेसकै झै ब्यवहार प्रधानमन्त्री ओलीवाट भोगेपछि उपेन्द्र पार्टीमा सरकारवाट वाहिरिनु पर्नेहरुको घेरावन्दीमा पर्न थालेका छन् । त्यसैक्रममा उनले हिजो वुधबार पार्टी पदाधिकारी वैठकमा समेत सोही कारण आलोचना खेपेका छन् ।

तर यादवले एक सातापछि बस्ने पार्टी वैठकवाट औपचारिक निर्णय गरौला भन्दै नेतृत्वलाई आस्वस्थ्थ पार्ने प्रयास मात्र गरेको एक पदाधिकारीले बताए ।

समाजवादी पार्टीले कात्तिक २८ गते संघीय परिषद र २९ र ३० गते पार्टी केन्द्रीय समिति वैठक बोलाएको छ ।

उपेन्द्र सरकारले संविधान संसोधन नगरेपनि कम्तीमा सरकारमा सहभागी हुदा भएको सहमति अनुसार, विज्ञहरुको कार्यदल वनाईदिएको भए मात्र पनि मधेसमा आफनो मुख देखाउने ठाउँ हुने तर त्यसो पनि नगर्दा फेस सेभिङ समेत गर्ने अवस्था नआएको भन्दै असन्तुष्ट छन् ।

सरकारमा उपेन्द्र सहभागी हुने वेला ओली, प्रचण्ड र उपेन्द्रवीच संविधान संसोधनका लागि विज्ञहरुको एउटा कार्यदल बनाउने र त्यस आधारमा काम गर्ने अनौपचारिक समझदारी भएको थियो । तर त्यो समझदारी कायम ओलीले नगरिदिदा आफु पार्टीभित्रै घेरावन्दीमा परेको उपेन्द्रको ठम्याई छ ।

‘सवै प्रतिकुलताका वीच अब सरकारवाट बाहिरिनुको विकल्प तिरै पार्टी जाने सम्भावना ढेको छ,’ समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले भने,–‘पार्टीको अवको केन्द्रीय समितिको वैठकले यस बारेमा औपचारिक निर्णय गर्नेपर्छ । गर्छ पनि । ’

उपेन्द्र सरकारवाट बाहिरिए यादव, राजपा का वीचमा सहकार्य र एकताको नयाँ राजनीतिक कोर्स निर्माण हुने विश्लेषण पनि दुई पार्टीका नेताहरुका वीचमा हुन थालेको छ ।

ओली सरकारका विरुद्धमा सडकमा अहिले खास प्रर्दशनमा आईहाल्ने राजनीतिक शक्ति छैन । तर उपेन्द्र सरकारबाट बाहिरिए ओली विरुद्ध सडकको मोर्चा निर्माण गर्ने खोजीमा अहिले दक्षिणपन्थीहरु लागिरहेका छन् । त्यसका लागि उपेन्द्रलाई सरकारवाट बाहिर ल्याउन कोसिस भईरहेको छ ।

त्यसको वातावरण प्रधानमन्त्री ओली स्वंमले बनाईदिन थालेको विश्लेषण पनि राजनीतिक वृत्तमा हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस