काठमाडौँमा भारतविरोधी प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, १६ : ४६
काठमाडौँमा भारतविरोधी प्रदर्शन

काठमाडौँ । भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि काठमाडौँमा बु्धबार विरोधमा प्रदर्शन भएको छ । 
बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका हुन् । 
उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस