सर्वाधिक महिला मतदाताको रोजाईमा पूर्वप्रधानमन्त्री प्रचण्ड

विहीबार, ३० कार्तिक २०७४, १३ : २२
सर्वाधिक महिला मतदाताको रोजाईमा पूर्वप्रधानमन्त्री प्रचण्ड

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्वाधिक महिला मतदाताको रोजाईमा परेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा गरेको घरदैलो कार्यक्रममा उनलाई सबैभन्दा बढी स्वागत र समर्थन महिलाहरुले नै गरेका छन् । 

काखमा नानी बोकेका महिलादेखि वृद्धा आमासम्मले प्रचण्डलाई पुष्पगुच्छा दिएर स्वागत गर्ने गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ की मेनुका रायमाझी, ७३ वर्षीया निलिमा गुरुङ, ४८ वर्षीया सरस्वती सापकोटा, सरस्वती आचार्य लगायतले आफूहरु देशका सर्वोच्च नेता पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

घरदैलोका क्रममा आफ्नो क्षेत्रमा मत माग्न आएका प्रचण्डलाई स्वागत गर्न लामवद्ध महिलाहरुले उनलाई विजयी हुनुहोस् भन्दै आशीर्वाद दिने गरेका छन् । केही महिलाले फूलमाला लगाएका प्रचण्डको फोटो आफ्नो मोबाइलबाट खिच्न समेत भ्याएका थिए ।

‘म साना सपना लिएर चितवन आएको होइन’ घरदैलोका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘म मेरो राजनीतिक जीवनमा जहाँ छु, जस्तो छु, त्यो चितवनले नै बनाएको हो । चितवनलाई गुन तिर्न पनि आएको हुँ ।’ संविधान निर्माणको काम पूरा भएपछि अब देश आर्थिक विकासको चरणमा आएको  र आर्थिक विकास तथा समृद्धिको यात्रा चितवनबाट सुरु गर्नुपर्छ भनेर आफूले चितवनलाई राजेको प्रचण्डले महिलामाझ बताउँदै आएका छन् ।

घरदैलोका क्रममा आफ्नो क्षेत्रमा मत माग्न आएका प्रचण्डलाई स्वागत गर्न लामवद्ध महिलाहरुले उनलाई विजयी हुनुहोस् भन्दै आशीर्वाद दिने गरेका छन् । केही महिलाले फूलमाला लगाएका प्रचण्डको फोटो आफ्नो मोबाइलबाट खिच्न समेत भ्याएका थिए ।

चितवनमा कूल मतदातामध्ये महिला बढी छन् । सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नम्बर तीनमा पनि महिला मतदाताको संख्या पुरुषभन्दा बढी नै छ । कूल मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेको चितवनमा महिला मतदाता संख्या एक लाख ८४ हजार ६८ र पुरुष मतदाता संख्या एक लाख ६९ हजार नौ सय ६७ रहेको छ । एक जना मतदाता तेस्रो लिंगी छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर तीनमा कूल मतदाता एक लाख २५ हजार आठ सय २३ जना छन् । तीमध्ये महिला मतदाता ६६ हजार दुई सय ७० र पुरुष मतदाता ५९ हजार पाँच सय ५३ छन् ।

प्रतिक्रिया दिनुहोस