काठमाडौँ । नेकपा सचिवालय बैठक उम्मेदवार ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।आईतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य पदका लागि कास्की २ मा विद्या भट्टराईलाई घोषणा गरेको छ भने प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख)मा विमला वली र भक्तपुर क्षेत्रनम्बर १ को (क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्यका लागि ३ वटा ठाउँमा निर्वाचन हुने भए पनि नेकपाले बाग्लुङ क्षेत्रनम्बर २ को (ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
यस्तै, धरान उपमहानगरपालिकाको प्रमुख (मेयर)का लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।
भोली ९ बजे सचिवालय बैठक बस्ने र ७ बटै प्रदेस प्रमुख टुड्ग्याउने समेत निर्णय भयको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ कार्तिक २०७६, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग