पहिलो पटक पशुपतीदेखि फोकसुण्डोसम्म बुलेट मोटरबाईक यात्रा

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, १३ : ०८
पहिलो पटक पशुपतीदेखि फोकसुण्डोसम्म बुलेट मोटरबाईक यात्रा

काठमाडौं । बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनामा पहिलो पटक काठमाडौंको पशुपतीदेखी नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डोसम्म बुलेट मोटरबाईक यात्रा गरीएको छ । कर्णालीको पर्यटन पर्वद्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका छन् । काठमाडौंबाट  डोल्पाको दुनैसम्म बुलेट ¥याली पुग्ने भएको हो । शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट ¥याली एक साता लगाएर डोल्पाको फोक्सुन्डो तालसम्म पुग्ने छ । शुत्रबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरेका हुन । विदाई गर्दै पर्यटन राज्यमन्त्री बुढाले नेपाल सरकारले मनाउ गईसरकेको भिजीट नेपाल २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए । उनले कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो । जबसम्म कर्णालीको पर्यटन क्षेत्रहरु पर्यटकको रोजाइमा पर्न सक्दैन तबसम्म कर्णालीको विकासले गती लिन गाह्रो हुने बताए ।

उनले यसका लागि सबै तह तप्काबाट लाग्नु पर्ने बताए । काठमाडौंबाट हिडेको राईडरको टोली पहिलो दिन दाङ, दोस्रो जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष परकास लिम्बुले बताए । मोटरसाईकल ¥यालीमा बाह्र वटा मोटरसाईकल रहेका छन । नेपालको पर्यटन प्रर्वद्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतको लदाकसम्मको बुलेट राईड गरेको थियो । यस अघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो । प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा नासाले उल्लेखीय भुमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए । शुक्रबार बिहान काठमाडौंबाट डोल्पा हिँडेको राईडरलाई शुभकामना दिँदै बुढाले पहिलो पटक यसरी डोल्पामा बुलेट राईड भएको भन्दै खुशी समेत ब्यक्त गरे । जबसम्म केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तव्य स्थलहरु सम्म सडक संजालबाट जोड्न सकिँदैन तबसम्म कर्णालीको पर्यटनले गती लिन गाह्रो हुने भएकाले पशुपतीदेखि फोकसुण्डोसम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए । मोटरसाईकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परमर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुमबहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहका एवं ज्योति विकास बंैकका प्रमुख कार्यकारी अधिकृत सिए मनोज ज्ञवाली, मनघरी फाउण्डेशन सल्लाहकार डा रविन खड्का, समाजसेवी एव डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्य, ठुलीभेरी नगरपालीकाका उप प्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जग बहादुर बुढा, पर्यटन व्यवसायी जितेन्द्र झाक्री ले खादा ओढाएर विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस