मादक पदार्थ सेवन गरेका छोराको कुटाइबाट आमाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, १२ : ५०
मादक पदार्थ सेवन गरेका छोराको कुटाइबाट आमाको मृत्यु

बुटवल । कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ  । 
सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस