काठमाडौँ । महाराजगन्जको एक घरबाट जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार प्रशासनमा उपस्थित गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन् ।
उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।
यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।
तिहारको बेला जुवा खेलिरहेको अवस्थामा २५ जुवाडे २ करोड ६७ लाखसहित पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ