धम्बोझी । श्रीमानको हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या