छोरीसहित एक युवा नारायणी नदिमा हाम फाले

प्रकाश सिग्देल

आइतबार, १० कार्तिक २०७६, १७ : २२
छोरीसहित एक युवा नारायणी नदिमा हाम फाले

- प्रकाश सिग्देल

चितवन । छोरीसहित एक युवा नारायणी नदीमा हाम फालेका छन् । दिउँसो ४ बजे छोरी बोकेर नारायणी नदी पुलमा पुगेका करिव ३५ बर्षीय युवा  छोरीसहित नदीमा हाम फालेको प्रत्यक्ष दर्शीहरले बताए । चितवन तिरबाट आएर पुलचोक छेउमा छोरीलाई चाउमिन खुवाएर करिव दुई वर्षीय छोरी काखमा च्यापेर हिँडेका उनी अचानक पुलबाट हाम फालेको ब्यापारी प्रेम बानियाले  बताउनुभयो । उनले आफूलाई श्रीमतीले धोका दिएको र एक महिनादेखि होटेलमा काम गरेर छोरी पाल्दै आएको भनेर गुनासो गरेको प्रत्यक्ष दर्शी ईन्द्रकुमार श्रेष्ठले बताउनु भयो । 

उसले रक्सी खाएर आएको र रक्सीका तालमा बोलेको भनेर आफूहरुले कुनै बास्ता नगरेको तर पछि हाम फालेको सुनेपछी दुःख लागेको श्रेष्ठको भनाई छ । युवाको शव नारायणी पुल मुनिबाट निकालिएको छ  भने छोरी फेला पार्न नसकेको प्रहरीले जनाएको छ । 
केही प्रत्यक्ष दर्शीले भने छोरी नदीमा खसेपछी उनी बचाउनका लागि नदीमा हामफालेको बताएका छन् । उनीको थिए र  कति कारणले हामफाले भन्ने केही नखुलेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस