जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि पुलिसलाई, चितवन ११ उपविजेता

सफल खबर संवाददाता

शनिबार, ०९ कार्तिक २०७६, १९ : ५४
जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि पुलिसलाई, चितवन ११ उपविजेता

चितवन । जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । नारायणगढको क्याम्पाचौरमा शनिबार भएको फाईनलमा चितवन ११ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै विभागीय टिम पुलिसले उपाधि उचालेको हो । 

खेलको निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलीएको थियो । टाइब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को जित निकाल्न सफल बनेको हो । 

उपाधि विजेता पुलिसले ६ लाख ६ हजार ६ सय ६६ र रनिङ शिल्ड पाएको छ । यस्तै उपविजेता चितवन ११ ले ३ लाख ३ हजार ३ सय ३३ रुपैँया र शिल्ड पाएको छ । विजेता टिम र खेलाडीलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुरस्कार वितरण गरेका थिए । 

पुलिसका मिडफिल्डर रवि पासवान सर्वोत्कृष्ट खेलाडी बने । उनले २५ हजार पुरस्कार पाएका छन । उत्कृष्ट गोलकिप्पर पुलिसका सत्रुधन चौधरी बने भने चितवन ११ का सुदन्स महत्तो उत्कृष्ट डिफेन्स बने । यस्तै पुलिसका सुमन लामा र चितवन ११ का रुमेस बर्तौला उत्कृष्ट गोलकर्ता बने उनिहरुले प्रतियोगितामा ३–३ गोल गरेका थिए । 

पुलिसका मानबहादुर विश्वकर्मा फाइनल खेलको म्यान अफ दी म्याच बने । उनले १० हजार पुरस्कार पाए । गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिम सहभागी थिए ।
 

प्रतिक्रिया दिनुहोस