सन्दीप लामिछाने बने डेढ करोडपति

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १५ : ४३
सन्दीप लामिछाने बने डेढ करोडपति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने डेढ करोडपति भएका छन् । उनी एकै प्रतियोगिताबाट डेढ करोडपति बनेका हुन् । उनी इंगल्याण्ड र वेल्समा आयोजना हुने ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्नका लागि छानिएका हुन् । 

आइतबार राति भएको ‘‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सिबल्समा अनुबन्धित भएका छन् । दोस्रो चरणमा अनुबन्धित भएका सन्दीपले एक लाख पाउण्ड करिब १ करोड ४६ लाख रुपैयाँ पाउने छन् । 

यो सन्दीपको हालसम्मको उच्च मूल्य हो । एक सय बलको हुने ८ टिम सहभागी द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म हुनेछ । 
सन्दीपसँगै एक लाख पाउन्ड पाउने विदेशी खेलाडीमा अष्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका मोहमद नाबी, न्युजिल्यान्डका केन विलियमसन र पाकिस्तानका मोहमद आमिर रहेका छन् । 

एक लाख २५ हजार पाउन्ड पाउने विदेशी खेलाडीहरु जो पहिलो चरणमा छानिएका छन् उनीहरु हुन् – रसिद खान, आन्द्रे रसेल, आरोन फिन्च, मिचेल स्टार्च, सुनील नाराइन, इम्रान ताहिर, ग्लेन म्याक्सवेल, डीआर्ची सर्ट, डेभिड वार्नर, मुजिब उर रहमान र स्टेभ स्मिथ । 

प्रतिक्रिया दिनुहोस