जेसीज विकाश रनिङ शिल्ड फुटबल प्रतियोगितामा एपीएफ र आर्मी भिड्दै

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १२ : ५१
जेसीज विकाश रनिङ शिल्ड फुटबल प्रतियोगितामा एपीएफ र आर्मी भिड्दै

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी जेसीज विकाश रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा आज एपीएफ र नेपाल आर्मी भिड्ने भएका छन् । 

पहिलो क्वार्टरफाईनलमा आज सशस्त्र प्रहरी बल एपीएफ र नेपाल आर्मी क्लब भिड्न लागेका हुन् । एपीएफ झापा ११ लाई पराजित गर्दै क्वार्टरफाईनलमा पुगेको टिम हो भने आर्मी बाई पाएको टिम हो । 

प्रतियोगिताको विजेता टिमले नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छन् । 

प्रतिक्रिया दिनुहोस