जेसीज विकास रनिङ शिल्ड : दार्जिलिङलाई ३–१ ले पराजित गर्र्दै जावलाखेल क्वाटरफाइनलमा

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १९ : ०१
जेसीज विकास रनिङ शिल्ड : दार्जिलिङलाई ३–१ ले पराजित गर्र्दै जावलाखेल क्वाटरफाइनलमा

चितवन । ‘ए’ डिभिजन क्लब जावलाखेल फूटबल क्लब ललितपुर नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युनाइटेड फूटबल क्लब दार्र्जििलङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल क्वार्टरफाईनलमा प्रवेस गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्र्जििलङले दोस्रो हाफको १७ औं मिनेटमा गोल खायो । जावलाखेलका लागि जर्सी नम्बर १० का शक्ति राईले सुजीत बुढाथोकीको पासमा पहिलो गोल गरे । त्यसपछि झनै आक्रामक बनेको जावलाखेलका लागि दोस्रो गोल जर्सी नम्बर ७ का सुजीत बुढाथोकीले गरे ।

२–० ले पछि परेको युनाइटेड एफसी दार्जिलिङका लागि जर्सी नम्बर २ का शुभम क्षेत्रीले दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरे । जावलाखेलका लागि तेस्रो गोल इञ्जुरी समयमा सुजीतले नै गरे । दुई गोल र एक असिस्ट गरेका सुजीतले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए । 
सेमीफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ । प्रतियोगितामा पाँचौं दिन सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । आर्मी बाइ पाएको टिम हो भने एपीएफ झापा–११ लाई पराजित गर्दै अघि बढेको टिम हो । 

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।
 

प्रतिक्रिया दिनुहोस